होस्टल नियमहरू | Find Hostels in Kathmandu, Lalitpur, Bhaktapur, Nepal

विद्यार्थीहरूले पालना गर्नुपर्ने नियमहरू

आवेदन फारममा हस्ताक्षर गर्नु अघि विद्यार्थीहरूले नियम र नियमहरू पढ्नुपर्छ, नेपालीमा नियमहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

नियमहरू

हामी यो स्पष्ट गरौं कि त्यहाँ धेरै "प्रकारका होस्टलहरू" छन्, र प्रत्येक छात्रावासको आफ्नै शैली छ। नियम र नियमहरूको आफ्नै सेट छ, तपाईंले यी दिशानिर्देशहरू पढ्न सुरु गर्नु अघि। यहाँ, हामीले समावेश गर्य ‘नेपाल होस्टेल एसोसिएसन (NeHA)’ ले तोकेको छ.


विद्यार्थीले अनिवार्य रुपमा अभिभावकको उपस्थितिमा भर्ना फारम भर्नु पर्नेछ। फारम भर्दा अनिवार्य रुपमा फोटो र परिचय खुल्ने गरी Citizenship/License/ID-card को फोटोकपी संलग्न गर्नु पर्नेछ।


कलेज इन्टिच्यूटको समयावधि वाहेकको सम्पूर्ण समयको व्यवस्थापन प्रशासनले तोके अनुसार हुनेछ ३. विद्यार्थीहरुले होस्टलदेखि बाहिर जानु परेमा होस्टल व्यवस्थापन/प्रशासनको अनुमति लिई लग बुक भर्नु पर्नेछ। साथै राती बस्ने गरी तथा लामो समयको लागि जानु परेमा अभिभावको लिखित या मौखिक सिफारिसमा होस्टल प्रशासनको स्वीकृति लिई बिदा फारम भरी जानु पर्नेछ ।


विद्यार्थीहरु जाडो महिनामा बेलुका ६:३० बजे गर्मी महिनामा बेलुका ७:३० बजेसम्म प्रवेश गरिसक्नु पर्ने छ। ५. फारममा उल्लेखित गरिएका स्थानीय अभिभावक तथा बुवा आमालाई मात्र विद्यार्थी भेट्न अनुमति दिइनेछ। अन्य विशेष परिस्थितिमा होस्टल व्यवस्थापन/प्रशासको अनुमति लिई भेट्न सकिनेछ ६. पहिलो पटक विद्यार्थी भर्ना गर्दादेखि बाहेक कुनै पनि अभिभावक तथा आगन्तुकहरुलाई सिधै कोठामा लान पाइने छैन ।


विद्यार्थीहरुले महङ्गा गर-गहना, नगद तथा अन्य बहुमुल्य सामानहरु होस्टलमा राख्न पाइने छैन । राखेर हराएको खण्डमा होस्टल व्यवस्थापन/प्रशासन जवाफदेही हुने छैन ।


होस्टलमा विद्यार्थीहरुले मद्यपान, धुम्रपान, मादक पदार्थ, लागु औषध सेवन तथा फोहोर मैला र कानुनले निषेध गरेका गैरकानुनी क्रियाकलाप गर्न/गराउन पाइने छैन । यदि गरेको पाइएमा होस्टल व्यवस्थापन/प्रशासनले तुरुन्त निष्काशन समेत गर्न सक्नेछ ।


होस्टलका भौतिक सम्पत्ति तोडफोड गरेमा वा हानी नोक्सानी गरेको पाइएमा सोही महिलाको शुल्क र विगो अनुरुपको हर्जाना शुल्क लिई निष्काशन समेत गर्न सकिनेछ ।


विद्यार्थीले अग्रिम मासिक शुल्क प्रत्यक महिनाको ५ गते भित्र बुझाइ सक्नु पर्ने छ अन्यथा दैनिक रु.५०/- का दरले हर्जाना थप गरी ७ दिन भित्रमा बुझाउनु पर्ने छ यसरी १२ दिनसम्म पनि नबुझाएमा होस्टेल व्यवस्थापन/प्रशासनले अन्तिम चेतावनी दिई निष्काशन समेत गर्न सकिने छ ।


होस्टलमा हो-हल्ला, झगडा, अरुको कोठामा जाने, अरुको सामान चलाउने र अरु कसैलाई बाधा हुने कुनै कार्य गर्न र गराउन पाइने


होस्टलमा हो-हल्ला, झगडा, अरुको कोठामा जाने, अरुको सामान चलाउने र अरु कसैलाई बाधा हुने कुनै कार्य गर्न र गराउन पाइने छैन । त्यस्तो भएमा निष्काशन समेत गर्न सकिनेछ ।


बुंदा नं. ८, ९, १० र ११ अनुरुप निष्कासित विधार्थीहरुले तिरेको कुनै पनि शुल्क र धरौटी रकम फिर्ता हुने छैन १३. विद्यार्थीहरुलाई खानाको तालिका (Time and Menu) अनुसार मात्र खुवाइनेछ तर, विरामी भएको अवस्थामा केही सुविधा दिन सकिने छ


यदि विद्यार्थी लगातार १५ दिनभन्दा बढि होस्टलमा नरहेको खण्डमा (छुट्टिमा बसेमा) एक तिहाई मासिक शुल्क घटाइने छ (जस्तैः मासिक शुल्क x1/3 x 1/30 x छुट्टिमा बसेको दिन) र यो सुविधा वर्षमा एक पटक मात्र पाइनेछ। तर छोटो अवधिका र (६ महिनासम्म) विद्यार्थीका हकमा भने नियम लागु हुने छैन ।


दशैदेखि छठसम्म होस्टल बिदा हुनेछ। दशैं र तिहारको बिचमा पढाई हुने कलेज / इन्स्टिच्यूटका लागि विद्यार्थी र होस्टल व्यवस्थापन/प्रशासनको आपसी समझदारीमा हुनेछ तर होस्टल व्यवस्थापन/प्रशासन होस्टल संचालन गर्न बाध्य हुने छैन । १६. विद्यार्थीले होस्टल व्यवस्थापन/प्रशासनलाई होस्टल छाड्नु भन्दा १५ दिन अगाडि नै जानकारी गराउनु पर्ने छ अन्यथा विद्यार्थीले राखेको धरौटी रकम लगायत कुनै पनि शुल्क होस्टल व्यवस्थापन/प्रशासनले फिर्ता गर्न बाध्य हुने छैन । तर अचानक पर्न जाने घटना/दुर्घटना र छोटो अवधिका लागि समय तोकेर बसेका एक महिना देखि ६ महिनासम्म बस्ने विद्यार्थीको हकमा भने फारममा भरेको अवधि वमोजिम हुनेछ वा स्वयं संचालक र विद्यार्थीका अभिभावक बीच भएको लिखित वा मौखिक सम्झौता अनुसार गरिनेछ ।


कुनै पनि भवितव्य घटना जस्तै : आत्महत्या, होस्टल बाहिर गएको समयमा वेपत्ता, सम्पर्क बिहीन, सडक दुर्घटना, विद्यार्थीले भागि विवाह लगायत अप्रिय घटना भएको खण्डमा होस्टल संचालक जवाफदेही हुने छैन । १८. विद्यार्थीहरुलाई माथि उल्लेखित बाहेक केही समस्या परेमा होस्टल व्यवस्थापन/प्रशासनसँग समन्वय गरी समाधानको उपाय अवलम्बन गर्न सकिनेछ ।